मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बाध्यताले थालेको टमाटर खेतीले बनायो १५ दिनमै करोडपति

shilapatra.com · Sat Jul 29 00:00:00 GMT 2023

भारत तेलंगानाका एक किसानले बाध्यतावश अपनाएको पेसाले आफ्नो ‘भाग्य’ बदलिदिने कुरा कल्पनासमेत गरेका थिएनन् । हो, ४० वर्षे महिपाल रेड्डी टमाटर खेतीबाट करोडपति बनेका छन् । भारतीय मिडियाका अनुसार, गत महिना उनले ८ हजार क्रेट टमाटर बेचेर १ करोड ८० लाख भारु कमाएका छन् । सिजनको अन्त्यसम्म रेड्डीको आम्दानी अढाइ करोड रुपैयाँ पुग्ने निश्चित छ ।

१० कक्षा फेल भएपछि पढाइ छोडेका उनी बाध्यतावश खेतीपातीमा जोडिए । कृषिमा संलग्न भएपछि उनलाई थाहा भयो, खासमा सोचेजति सजिलो छैन यो पेसा । खेती त पढाइभन्दा बढी कठिन काम थियो । तर, उनीसँग अर्को विकल्प थिएन । त्यसैले जसोतसो खेतीपातीमै खट्दै गए । खेतीमा जति लगानी हुन्थ्यो, त्यति आम्दानी हुँदैनथ्यो । तर, यो वर्ष उनलाई ‘लोटरी’ लाग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)