मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रूखमा बाँधेर हत्या

ekantipur.com · Mon Dec 20 01:19:37 GMT 2021

टीकापुर — जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव शनिबार बीभत्स अवस्थामा भेटिएपछि कैलालीको पूर्वी भेग टीकापुर क्षेत्रका बासिन्दा त्रसित छन् । कात्तिक तेस्रो साता २३ वर्षीय भूपेन्द्र बडुवालको एक समूहबाट भएको हत्या घटनामा संलग्न केही अभियुक्त फरार रहेकै अवस्थामा हत्याको अर्को घटना भएपछि पूर्वी क्षेत्रका बासिन्दामा त्रास बढेको हो ।

दास सपरिवार भारतको दिल्लीमा बस्दै आएका थिए । सासू बिरामी परेको खबर पाएपछि उनी एक महिनाअघि मात्र घर आएको काका पदम दासले बताए । ‘भतिजोको हत्याको खबर पाएपछि हामी घर आएका हौं,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)