अमेरिकामा भेटियो २३ हजार वर्ष पुरानो मानव पाइला
nepalsamaya.com · Sat Sep 25 00:40:00 GMT 2021
काठमाडाैं- अमेरिकाको न्यु मेक्सिको राज्यमा २३ हजार वर्ष पुरानो मानव पाइला फेला परेको छ। यसबाट हिमयुगको अन्त्य हुनु पहिले उत्तरी अमेरिकामा मानव सभ्यता रहेको दाबी वैज्ञानिकहरुले गरेका छन्। मानव पाइला धेरै पहिले नै सुकिसकेको एक तालको किनारा छेउमा पाइएको हो।
मानव पाइला हाल न्यु मेक्सिको मरुभूमिमा पर्ने सुख्खा तालको किनारमा लामो समयदेखि रहेको अनुसन्धाताहरुले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)