सिटीविरुद्ध बेकर र जोटा नहुने
ekantipur.com · Fri Jul 29 00:57:49 GMT 2022
लन्डन — लिभरपुलका जोडीद्वय एलिसन बेकर र डिएगो जोटाले शनिबार म्यानचेस्टर सिटीविरुद्ध हुने कम्युनिटी सिल्ड गुमाउने भएका छन् । गोलरक्षक बेकरले प्रि–सिजनभर पेटको समस्या बोक्दै आएका छन् भने पोर्चुगिज फरवार्ड जोटा ह्यामस्ट्रिङबाट पीडित छन् ।
लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले दुवै खेल्न नसक्ने स्थितिमा रहेको निश्चित गरे । लेस्टरको किङ पावर रंगशालामा लिभरपुल र सिटीले खेल्दै नयाँ सिजनको यात्रा सुरु गर्दै छन् । यसको एक सातापछि प्रिमियर लिग सुरु हुनेछ । लिभरपुलले अगस्ट ६ मा प्रिमियर लिगमा आफ्नो पहिलो खेल खेल्दा ब्राजिली गोलरक्षक बेकर उपलब्ध हुने विश्वास लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)