सिकलसेल–थालासेमिया शिविर : एक हजार ८४० को परीक्षण
gorkhapatraonline.com · Thu May 21 02:58:19 GMT 2026

विशेषगरी थारू समुदायमा बढी देखिने सिकलसेल एनिमिया रोगको पहिचानका लागि घोराही उपमहानगरपालिका–१२ निवासी १३ वर्षीया उर्मिला चौधरीले रक्त परीक्षण गराउनुभयो । घोराही–१० नारायणपुरस्थित सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा आयोजित शिविरमा उहाँले आफूमा रोगको संक्रमण छ कि छैन भन्ने पहिचानका लागि परीक्षण गराउनुभएको हो ।
थारू समुदायमा बढी देखिने यस रोगबाट बच्न परीक्षण गराउन शिविरमा आएको बताउँदै उहाँले भन्नुभयो, “परीक्षणका लागि रगत दिएकी छु, रिपोर्ट आएपछि रोगको संक्रमण भए–नभएको ढुक्क हुनेछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)