ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते
gorkhapatraonline.com · Thu May 21 03:01:02 GMT 2026

महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय स्कारपियो ठोक्किँदा स्कारपियोमा सवार आठ जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)