मजदुरका नाममा ५ करोड कर !
ekantipur.com · Thu Dec 08 00:56:38 GMT 2022
विराटनगर — मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको रकमले खाद्यान्न किनेर साँझ घर फर्कन्छन् ।
रामधारी कदमाहमै मजदुरी गर्दै छन् भने लखन गाउँलेसँग ३ हजार रुपैयाँ ऋण लिएर एक महिना अगाडि मजदुरीकै लागि भारतको पञ्जाब पुगेका छन् । अचम्म त उनीहरूको नाममा काठमाडौंको कलंकीस्थित आन्तरिक राजस्व कार्यालयमा पाँच/पाँच करोड कर तिर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)