मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२९ दिनमै अधिवेशन अन्त्य, फेरि ‘अध्यादेश’तर्फै

annapurnapost.com · Tue Aug 17 06:59:00 GMT 2021

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउँदा कुनै दलले विरोध जनाएनन्। कारण र बाध्यता थियो– प्रतिनिधिसभा विघटनको अवस्था। बजेट नआउँदा मुलुक ठप्प हुने र बजेट ल्याउने अर्को विकल्प नभएको भन्दै अध्यादेशलाई स्वीकार गरियो।

तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्‍यो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी भयो। सर्वोच्चको निर्णयबमोजिम पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन साउन ३ गते सुरु भयो। तर, देउवा नेतृत्वको सरकारले यो अवधिमा अध्यादेश प्रतिस्थापन गर्ने कानुन बनाएन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)