प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन, तर एजेन्डाको टुंगो छैन
onlinekhabar.com · Fri Sep 15 17:05:47 GMT 2023
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन जान न्यूयोर्क उड्नुअघि शुक्रबार मन्त्रिपरिषद बैठक बस्यो । सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गर्यो ।
तर, भ्रमणका क्रममा चीनसँग हुने ठानिएका महत्वपूर्ण सम्झौताहरुबारे मन्त्रिपरिषदमा छलफल नै भएन । मन्त्रीहरुका अनुसार चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता मन्त्रिपरिषदमा पेश नै भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)