पोलिस सुरक्षा बलद्वारा आप्रवासीहरूमाथि अश्रु ग्याँस र पानीको फोहोरा प्रहार
baahrakhari.com · Wed Nov 17 00:47:00 GMT 2021
बीबीसी । बेलारुसबाट पोल्याण्ड प्रवेश गर्न प्रयास गरिरहेका आप्रवासीहरूलाई पोलिस सुरक्षा बलले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । भिडियोमा आप्रवासीहरूले पोलिस सुरक्षा बलमाथि ढुङ्गा र अन्य सामग्रीहरू प्रहार गरेको देखिन्छ । उनीहरूलाई रोक्न पोलिस सुरक्षा बलले अश्रु ग्याँस र पानीको फोहोरा प्रहार गरेको हो ।
हप्तौँदेखि हजारौँ आप्रवासीहरू यूरोपियन युनियनमा प्रवेश गर्न बेलारुसको सीमानामा भेला भएका छन् । सीमा पार गर्न आप्रवासीहरूले ५ हजारभन्दा बढी पटक प्रसाय गरेको पोलिस सुरक्षा बलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)