मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीमा सुरक्षासँग गाँसिने स्वाभिमानको भाष्य

rajdhanidaily.com · Mon Apr 25 23:24:55 GMT 2022

स्थानीय चुनावको माहोलसँगै सायद पार्टीका घोषणपत्रमा सीमा सुरक्षाका सवाल समेटिएलान् । कसैले यस कुरालाई छिमेकीसँग सम्बन्ध बिग्रने भय रहने तर्कबाजमा सो कुरालाई नेपथ्यमा राख्लान् पनि । हामी आशा गरौँ, मुलुकले स्वाधीनता र छिमेकी देशसँगको सम्बन्धलाई सदा साम्यभाव राखेर आफ्नो भू–रक्षा गर्ने’bout अबको नेतृत्वले ध्यान दिनेछ । केही समयअघि भएको प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई राजनैतिकभन्दा बढी कूटनीतिक रूपमा लाभप्रद बनाइन सक्नुपथ्र्यो तर, ठ्याक्कै त्यस्तो हुन सकेन । रेल्वे सेवा, पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी विषय, सोलार तथा विद्युत् ऊर्जाका सवालले यदि व्यावहारिकता पाएमा ती विषय उपलब्धिमूलक त थियो नै । यद्यपि, नेपालको भूमि फिर्ता गर्ने’bout छलफल हुन सकेन । २० वर्ष अघिको महाकाली सन्धिसँग गाँसिएको पञ्चेश्वर योजनालाई पनि विशेष रूपमा लिनुपर्छ । यद्यपि, भूमि स्वायत्तताका विषयमा छलफल हुनुपर्ने र संवादहीनताको अन्त्य हुनुपर्ने सवालबिनै नेपाल–भारत सम्बन्ध प्रगाढ भएका तर्कलाई अघि सारियो । यदि चुच्चे नक्साको भूमि फिर्ता गर्नेगरी र सीमावर्ती क्षेत्रका समस्या हल गर्नेगरी वार्ता भएको भए तब मात्रै सम्बन्ध सुध्रिएको भन्ने दाबी यथार्थपरक बन्ने थियो नै ।

स्मरणीय कुरा त २०७७ जेठ ७ गते नेपालले नयाँ नक्सा सार्वजनिक गरी २०७७ असार ४ गते राजपत्रमा प्रकाशन गरेपछि भारतले नेपाललाई तारो बनायो । चीनतिर ढल्केर सीमामा दाबी गरेको आरोप लायो । अघिल्लो सरकारका पालामा सबै दलको साथ रहँदा नेपालले कूटनीतिक नोट पनि पठायो । प्रमाण जुटायो तर अहिले फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यही भूमिमा बाटो खनेको कुरामा वर्तमान सरकार मौन देखियो । केही समय पहिला महाकाली नदीमा अन्तर्राष्ट्रिय नियमविपरीत तटबन्धन बनाउन थालेको समाचार सार्वजनिक भयो । नेपालतर्पm एकतर्फी बहाव हुनेगरी बनाउन थालेको पक्की तटबन्धनको यो सन्दर्भमा नेपालले कूटनीतिक छलफल गरे–नगरे’bout चर्चा भएको पाइएन । भारतले नेपाली भूमिभित्र पर्ने लिपुलेक भूभागमा बाटो बनाएका घटनालाई समेत उस्तो चर्चा गरिएन । सञ्चार माध्यममा पानीको फोका जसरी यी विषय उठेर विलय भए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)