आईपीएलमा कोलकाताले हरायो मुम्बईलाई
kendrabindu.com · Thu May 21 03:03:54 GMT 2026
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट्स राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध चार विकेटको जित दर्ता गरेको छ । बुधबार इडेन गार्डेन्समा मुम्बईले प्रस्तुत गरेको १४८ रनको लक्ष्य घरेलु टोली कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताका मनिष पाण्डेले ४५, रोभमन पावेल ४०, कप्तान अजिक्या रहानेले २१ र तेजस्वी धानियाले ११ रन बनाए । मुम्बईका लागि केर्बिन बोसले तीन विकेट लिए । दीपक चहर, जसप्रित बुमराह र अल्लाह गजान्फरको नाममा सामान एक विकेट रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)