मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरमै राहदानी सेवा सुरु

gorkhapatraonline.com · Thu May 21 03:06:53 GMT 2026

अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला हुलाक कार्यालयबिच भएको सम्झौता अनुसार राहदानी सेवाग्राहीको घर घरमै पुग्न थालेको हो । जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका प्रमुख भरत सापकोटाका अनुसार सेवाग्राहीका राहदानी पालिका अनुसार वर्गीकरण गरी घरमै पठाउने कार्य सुरु गरिएको छ । यो सेवासँगै राहदानी लिन पुनः प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यताबाट सेवाग्राहीले राहत पाएका छन् ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार विभागबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राहदानी सम्झौता अनुसार तीन दिनभित्र सम्बन्धित व्यक्तिको घरमै पु¥याइने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)