सम्पर्कमा नआउने तर तलब पड्काउने निजामती कर्मचारीको दिउँसै टर्च बालेर खोजी!
barnanmedia.com · Fri Jun 05 05:15:49 GMT 2026

काठमाडौं । सरकारले सम्पर्कविहीन निजामती कर्मचारीहरुको खोजी गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै कर्मचारी खोजी गर्न थालेको हो ।
मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ