अस्ट्रेलियाको लाखौँ कमाइ त्यागेर नेपाल फर्किए, अनि खोले स्वीमिङ पुल (भिडियो)
shilapatra.com · Wed Jun 14 00:27:13 GMT 2023
सन् २००७ पछि अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने गन्तव्यमध्येको मुलुक हो, अस्ट्रेलिया । काठमाडौंका हुनेखाने परिवारमा जन्मिएका निरेश बोहोरा सन् २००८ मा अध्ययनका लागि अस्ट्रेलिया पुगे । घरमा हुँदा निरेशलाई कुनै कुराको अपुग थिएन । एक प्रकारले भन्ने हो भने, आमाबुबाको काखमा रमिरहेका निरेशको अस्ट्रेलिया पुगेपछि जीवनको नयाँ अध्याय नै सुरु भयो ।
उनलाई अस्ट्रेलियामा मान्छेको जीवन भेडाबाख्राको भन्दा फरक लागेन । खानकै लागि मरिमेटेर काम गर्नेबाहेक त्यहाँका मानिसले दोस्रो कुनै उद्देश्य बोकेको देखेनन् । अध्ययनका लागि अस्ट्रेलिया पुगे पनि उनलाई त्यहाँ कुनै न कुनै काम नगरी खान र बस्न सम्भव थिएन । ठूलै कसरतमा तीन महिनापछि एउटा काम फेला पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)