मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

साउनयता कोरोनाले ३० जनाको मृत्य

rajdhanidaily.com · Thu Aug 11 23:22:10 GMT 2022

काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो ।

साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ४ सय ११ र एन्टिजेनबाट २ हजार १ सय २३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४ सय ६५ र एन्टिजेनबाट ३ सय ५० नमुना रिपोर्ट पोजिटिभ आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)