मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पञ्जाबविरुद्ध गुजरात ६ विकेटले विजयी, उक्लियो तेस्रो स्थानमा

farakdhar.com · Fri Apr 14 00:34:56 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत संस्करण विजेता गुजरात टाइटन्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गुजरातले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।

पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर शुभमन गिलले अर्धशतकीय पारी खेले । ४९ बलको सामना गरेका उनले सात चौका र एक छक्कासहित ६७ रन बनाए । ऋद्धिमान साहले ३०, साई सुदर्शनले १९ र डेविड मिलरले अविजित १७ रनको योगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)