बढघर हुनु त यस्तो पो...!
arthadabali.com · Thu May 21 03:07:25 GMT 2026

पकरियापुर / मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहेका रहेछन् ।
उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उनलाई सुन्न जान मन लागेनछ । किन जानुभएन ? उनले भने, “के पाउनु छ र ? भाषण सुन्न गएर । ताली बजाएर ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफैँले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)