आइतबार विदा दिने निर्णय र खारेजी हचुवाको भरमा
onlinekhabar.com · Mon Jun 06 17:05:07 GMT 2022
२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय खारेज गरेको छ । अब असार १ गतेदेखि सरकारी कार्यालयहरु फेरि पुरानै समय समय १० देखि ५ बजेसम्म हुनेछ भने शनिबार मात्रै साप्ताहिक विदा दिइनेछ ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले २६ वैशाख २०७९ मा जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बढ्दो आर्थिक मन्दी र पेट्रोलियम पदार्थको खपतका कारण व्यापार घाटालाई देखाउँदै सरकारले दुई दिने विदाको अवधारणा कार्यान्वयन गरेको थियो । तर आगामी आइतबार पाँचौं विदापछि सरकारी सेवा र विदा प्रणाली पुरानै अवस्थामा फर्किनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)