उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाली राजदूतबीच भेट
ratopati.com · Wed Jun 21 23:02:00 GMT 2023
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बुधवार नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न प्रतिबद्ध रहेको र यसका लागि राजदूत भोल्कको विशेष भूमिका रहने धारणा राखिएको रक्षा मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उपप्रधानमन्त्री खड्काले कोभिड–१९ को समयमा अस्ट्रेलिया सरकारबाट प्राप्त खोप एवं अन्य सहयोगका निम्ति धन्यवाद दिँदै अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अस्ट्रेलियाली सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)