मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रादेशिक अस्पताल प्राथमिकतामा

gorkhapatraonline.com · Thu May 21 03:19:58 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धौलागिरि प्रादेशिक अस्पताल बागलुङको सेवा विस्तारलाई प्रदेश सरकारले सधैँ प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

बुधबार सो अस्पतालले प्रवाह गरिरहेको सेवाको अनुगमन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । उहाँले सो अवसरमा बिरामीबाट गुनासो नआउने गरी काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । नागरिकको स्वास्थ्य सेवालाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले अत्यावश्यक सेवा दिएर नागरिकलाई राहत दिने गरी काम गर्न निर्देशन पनि दिनुभयो । यो अस्पतालमा ट्रमा सेन्टर बनाउने चर्चा भए पनि अहिलेसम्म सो विषयमा काम अघि बढ्न सकेको छैन । अस्पतालमा सिटी स्क्यान मेसिन जडान भएपछि ट्रमाका बिरामीले सहज रूपमा उपचार सेवा भने पाउन थालेका छन् । गण्डकी प्रदेशले विनियोजन गरेको १० करोड बजेटमध्ये साढे सात करोड रुपियाँमा सिटी स्क्यान मेसिन ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)