६६ हजारभन्दा बढी रूसी सैनिक युक्रेनमा मारिएको ‘मिडियाजोना’को दाबी
barnanmedia.com · Sat Aug 31 21:50:15 UTC 2024

युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ। ‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।
यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।‘मिडियाजोना’ले शनिबार भनेको छ, “अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ ।”पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)