नवौं राष्ट्रिय खलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा
hamrakura.com · Tue Oct 11 00:00:00 GMT 2022
कास्की । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हँुदै छ । यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिता अन्तर्गत आइटिएफ खेलको प्रतिष्पर्धा बागलुङमा गर्न थालिएको छ ।
यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवांै राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीब्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारीदिए । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलो पटक हुदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाई रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीब्र बनाएका छौंं”, उनले भने “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दै छौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)