मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्रिकेटको फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

Ujyaaloonline.com · Thu Nov 16 01:12:15 GMT 2023

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हो । तर दुवै टोलीको ९ खेलमा ७ जित र २ हार रहेको थियो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)