मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खेर जाँदै अनुदानको एन्टिजेन किट

ekantipur.com · Sun Aug 22 01:07:34 GMT 2021

काठमाडौँ — विभिन्न मुलुक र संस्थाबाट अनुदानमा प्राप्त एन्टिजेन किट प्रयोग नगरी खेर जाने अवस्था आएको छ । पीसीआर टेस्टभन्दा छिटो र आरडीटीभन्दा विश्वसनीय हुने एन्टिजेन टेस्टमा सरकार उदासीन छ ।

कतिपय जिल्लामा पीसीआरको रिपोर्ट आउन एक सातासम्म लाग्छ, एन्टिजेन रिपोर्ट आधा घण्टामै आउँछ, जसका लागि प्रयोगशालासमेत आवश्यक पर्दैन । तर, किट प्रयोग नहुँदा एकातिर कोभिड पहिचान तथा नियन्त्रणमा ढिलाइ भएको छ भने अर्कोतिर विदेशी अनुदान खेर जाँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)