मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीर्ष नेतृत्वमा प्रचण्डकै कारण दशामा देश

rajdhanidaily.com · Tue Feb 22 23:30:26 GMT 2022

बराबर गल्ती गरिरहने, तर आफ्नै गल्ती नदेख्ने, आफूले जे गरे पनि ठीक मान्ने, आफ्नै निर्णय लागू हुनैपर्ने भन्ने मानसिकताका शीर्षस्थ नेता सबै दलमा छन् । यसमध्येका कतिपय नेताहरू आफ्नै गल्ती ढाकछोप गर्नकै लागि अरूलाई दोषारोपण गरी चोखो बन्ने प्रयत्न पनि गर्छन् । केही नेता यस्ता पनि छन् जो समय समयमा मनगढन्ते भ्रामक कुरा निकालेर चर्चाको शिखरमा पुग्न रुचाउँछन् । यस्तै नेताहरूमध्ये अग्रपंक्तिमा आउने नेता पुष्पकमल दाहाल वा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड हुन । हरेक कुरामा प्रचण्ड अगाडि आउने गर्छन् । हुन त सर्वसाधारण नागरिकले मात्र होइन माओवादी पार्टीकै नेता कार्यकर्ताले प्रचण्ड दुई जिब्रे छन्, उनको बोलीमा स्थिरता छैन, बोलीलाई वातावरणअनुसारै परिभाषित गराउन खप्पिस व्यक्ति हुन् भन्ने कुरा नबुझेका छैनन् ।

प्रचण्ड द्वैध चरित्र प्रस्तुत गर्नमा खप्पिस छन् भन्ने बुझ्नका निम्ति एमसीसी प्रकरणमा उनले अपनाएको पछिल्लो व्यवहारले नै पुष्टि गर्छ । किनकि, केही समय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाकै योजनाअनुसार एमसीसी पारित गराउने भनी प्रचण्डले लिखितै सहमति दिए तर सो’bout सार्वजनिक रूपमै टीकाटिप्णी एवं उनकै पार्टीभित्र आलोचना हुँदा प्रचण्ड आफैंले संशोधन नगरी यथावस्थामा पारित गर्नुहुँदैन भनी लागिपरे । आफू सत्तामा रहेर आफ्ना कार्यकर्तालाई सत्ताविरुद्ध गतिविधिमा सडकमा उतार्ने कार्य गर्दै आए । कमेरड प्रचण्डको द्वैध चरित्र’boutको चर्चा शिखरमा पुगेकै बेला त्यसलाई छायामा पार्न अर्को आधारहीन दिग्भ्रमित दृष्टिकोण उनले सार्वजनिक गरे । जसमा प्रचण्डले माओवादी पार्टीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीले घेरा हालेर सखाप पार्न लागेका छन् भन्ने आरोपै लगाए । उनले यो कुरा गत माघ २५ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला जिल्ला समितिलाई माओवादी केन्द्रमा समाहित गराउने क्रममा व्यक्त गरेका थिए । आफूहरू नै अहिलेको यति ठूलो परिवर्तनको बाहक भएको, हामी नै विभाजिततिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ भन्ने आशय उनको थियो । प्रचण्डको यो भनाई वास्तविकतामै आधारित हो वा भ्रमपूर्ण भन्ने अडकलबाजी पनि सर्वसाधारणले गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)