प्रधानमन्त्रीको राजीनामाको मागबाट पछि हट्दै एमाले
farakdhar.com · Sat Jul 08 16:50:55 GMT 2023
गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्तिका कारण अहिले नेपालको राजनीति नै तरंगित भएको छ । सो साँझ किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल)को विमोचन समारोहमा बोल्दै दाहालले नेपालमा बसोबास गर्दै आएका प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भनेर विवादास्पद अभिव्यक्ति दिए ।
यसै पनि नेपालका नेताहरु प्रधानमन्त्री बन्न बारम्बार दिल्ली धाउने गर्छन् भनेर चर्चा हुने गर्छ । त्यही चर्चालाई बल प’ने गरी प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह धेरैपटक दिल्ली गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)