मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाका छोरा राजनीतिमा, लिए क्रियाशील सदस्यता

ekantipur.com · Thu Sep 09 01:27:30 GMT 2021

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका जयवीरले डडेलधुराबाट कांग्रेसको क्रियाशील सदस्यता पाएका छन् ।

उनी सदस्यता पाउनयोग्य भए पनि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा भएका कारण विभिन्न टीकाटिप्पणी सुरु भएको छ । ‘राजनीतिक परिवारको छोरा भएपछि पार्टीको सदस्यता पाउनु कुनै अनौठो होइन तर धेरै मान्छेलाई उनी राजनीतिमा आउन लागेकामा डर छ,’ बालुवाटारमै बस्ने उनका एक नातेदारले भने, ‘बुबा–आमाको कारण राजनीति गर्न नपाउने कुरा भएन ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)