कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै
nepalviews.com · Thu May 21 03:29:40 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । बुधबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारले यस पटकको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू तयार पारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)