लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)
onlinekhabar.com · Sun Jul 05 08:41:09 GMT 2026
२१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट