ग्याबोनकोे सीमा खुल्ला गरिने
lokaantar.com · Sat Sep 02 23:55:27 GMT 2023
ग्याबोनले शनिवारदेखि स्थल, समुद्र र हवाई सीमा खुला गर्ने ग्याबोनको संस्थाहरूको सङ्क्रमण र पुनःस्थापना समिति (सीटीआरआई) ले राष्ट्रिय टेलिभिजनमा घोषणा गरेको छ । समितिको नाममा भएको ‘कू’ सँगै ग्याबोनका सबै सीमा बन्द गरिएको थियो ।
“समितिले ‘यस शनिवार, (सेप्टेम्बर २, २०२३) देखि तत्काल लागु हुने गरी जमिन, समुद्री र हवाई सीमाहरू खोल्ने निर्णय गरेको छ,” टेलिभिजनमार्फत् सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, “यस निर्णयको उद्देश्य देशको निरन्तरतालाई बढावा दिनु र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको सम्मान गर्नु हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)