सिमोने इन्जाघीले इन्टर मिलान छोडे
neplays.com · Tue Jun 03 17:37:16 GMT 2025
काठमाडौं । इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक सिमोने इन्जाघीले क्लब छाडेका छन् । च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँगको फाइनलमा ५–० को हार बेहोरेको तीन दिनपछि उनले क्लब छाडेका हुन् । तर, उनले आपसी सहमतिमै क्लबबाट विदा भएको जनाइको छ ।
४९ वर्षीय इन्जाघीलाई सन् २०२१ मा सिरी ए क्लब इन्टरले नियुक्त गरेको थियो । अब उनी इटालीबाट साउदी अरेबियाको क्लब अल–हिलालसँग जोडिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)