मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० वर्षमा बन्यो नुवाकोटमा केन्द्रीयस्तरको कारागार

ekantipur.com · Sat Aug 31 23:49:42 UTC 2024

काठमाडौँ — नुवाकोटको नयाँ कारागारमा काठमाडौं उपत्यकाबाट डेढ सय कैदीलाई स्थानान्तरण गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) मा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो र दोस्रो चरणको काम सकिएसँगै गृह मन्त्रालयले उपत्यकाका सुन्धारा (जगन्नाथदेवल), डिल्लीबजार र ललितपुरको नख्खु कारागारका १ सय ५० कैदीलाई नुवाकोटमा स्थानान्तरण गरेको हो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा १० वर्षअघि नै मन्त्रिपरिषद् बैठकले उपत्यकाका कारागारमा कैदीबन्दीको चाप कम गर्न भन्दै विदुरमा करिब ७ हजार कैदीबन्दी अट्ने गरी केन्द्रीय कारागार निर्माण गर्ने निर्णय गरेको थियो । गुरुयोजनाअनुसार ७ अर्ब लागतमा सुविधासम्पन्न कारागार निर्माण गर्ने लक्ष्यसहित आव २०७१/७२ देखि काम अघि बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)