राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीको जित सुरूआत
baahrakhari.com · Tue Jun 03 17:50:32 GMT 2025
काठमाडौं । ‘टीबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ दोस्रो दिन पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा सोमबारदेखि सुरू भएको उक्त प्रतियोगितामा मंगलबार सुदूरपश्चिसँग भएको खेलमा कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पहिलो जित निकालेको हो । ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)