सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले किरिया खर्च दिने, घाइतेको निःशुल्क उपचार गर्ने
nepalkhabar.com · Thu Oct 14 01:06:57 GMT 2021
दसैँको मुखमा मुगु, कास्की लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले काजकिरिया गर्नका लागि आवश्यक खर्च उपलब्ध गराउने भएको छ। दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचारसमेत गर्ने सरकारले जनाएको छ।
गृह मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। दशैँको मुखैमा मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ भने कास्कीमा भएको दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन्। मुगु, कास्कीसहित विगत केही दिनयता देशका विभन्नि ठाउँमा भएको सबारी दुर्घटनामा कयौँ घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)