शंकरनगर क्लब विजयी
ekantipur.com · Thu Mar 14 17:00:06 GMT 2024
तिलोत्तमा — ड्रिम युनिक रूपन्देही सुपर लिग एकदिवसीय क्रिकेटमा समूह ‘बी’ को खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई २ विकेटले हराएको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा बिहीबार लुम्बिनीले दिएको १ सय ११ रनको लक्ष्य शंकरनगरले २९.४ ओभरमा ८ विकेटमा १ सय १३ रन बनाएर पूरा गर्यो । शंकरनगरका रौनक श्रीवास्तबले अर्धशतकीय इनिङस खेले । श्रीवास्तबले अविजित ७१ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खान र आकाश गिरीले २–२ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)