हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा विशाल शोभा यात्रा
farakdhar.com · Thu Apr 06 17:22:34 GMT 2023
हनुमान जयन्तीको अवसरमा जनकपुरधाममा विशाल शोभा यात्रा निकालिएको छ । शोभा यात्राका क्रममा जनकपुरधामको नगर परिक्रमा गरिएको छ ।
चैत शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तिको अवसरमा निकालिएको शोभा यात्रामा हजारौँको उपस्थिति रहेको थियो । भगवान रामभक्त हनुमानको आजकै दिन माता अञ्जलीको कोखबाट जन्म भएको सम्झनामा चैत पूर्णिमाका दिन हनुमान जयन्ती मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)