कम्मल ओढेर घिउ खाने प्रवृत्ति
rajdhanidaily.com · Thu Aug 05 23:13:33 GMT 2021
दिनको संकेत बिहानीले गर्छ भनेझैं शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले प्रारम्भिक दिनमा गर्ने कार्यले सरकारको आगामीकार्य कस्तो हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टचार र कुशासनको दुश्चक्रमा पर्दै आइरहेको हाम्रो देश नेपालमा अन्ततः ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको चरितार्थ नहोस् भन्ने मनोकांक्षा नेपाली जनताको छ । अर्थात् सरकारले राम्रो काम गरोस्, जनताको दुःख सुख बुझेर जनमैत्री काम गरोस्, सबै खाले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश र जनताको सामूहिक स्वार्थ हेर्न सकोस्, भ्रष्टाचार अन्त गरी सुशासन कायम गर्न सकोस् भन्ने आमजनचाहना छ ।
वर्तमान सरकारले आमजनताको त्यस्तो चाहना पूरा गर्न सक्ला ? प्रश्नको उत्तर अहिल्यै खोज्नेबेला भइसकेको छैन । कुनै पनि सरकारको कामको प्रारम्भिक समीक्षा गर्न पनि कम्तीमा सय दिन कुर्नैपर्छ । त्यसैले भर्खरै २५ दिन बिताएको देउवा सरकारको समीक्षा गर्ने बेला भइसकेको छैन । तैपनि प्रारम्भिक संकेत त्यति सन्तोषप्रद देखिन सकेका छैनन् । २५ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले सरकारलाई पहिलो गासमै ढुंगा जस्तो भएको छ । प्रधानमन्त्री एक्लैले १७ वटा मन्त्रालयको भारी बोक्नुपर्दा सरकारको काम प्रभावकारी हुने कुरै भएन । त्यसैले पनि छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गरेर सरकारले आफ्ना कामकारबाही प्रभावकारी बनाउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)