मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङका मकैबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित

gorkhapatraonline.com · Thu May 21 03:36:56 GMT 2026

बागलुङमा मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सखाप हुन थालेपछि किसानहरू समस्यामा परेका हुन् ।

बागलुङको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका लगायतका क्षेत्रमा लगाइएको मकैबालीमा उक्त प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका बाली संरक्षण अधिकृत सचिन गहतराजले बताउनुभयो । उहाँका अनुसार किसानहरूले दैनिकजसो फोनमार्फत फौजी किरा देखिएको गुनासो गर्ने गरेका छन् । नियन्त्रणका लागि कार्यालयले विषादी उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)