व्यवस्था फेरियो तर मुक्त हलियाको अवस्था उस्तै
gorkhapatraonline.com · Thu May 21 03:38:25 GMT 2026

बाबुबाजेले कुनैबेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजका रूपमा मुक्त हलियाका रूपमा काम गर्दै आउनुभएको छ, वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका सीताराम चौधरी । उहाँले राज्यबाट पाउने कुनै पनि सेवा पाउनुभएको छैन । उहाँसँग मुक्त हलियाको परिचयपत्र मात्र छ ।
वीरेन्द्रनगर नगरपालिका–१० का भक्तबहादुर विकले पनि हलिया मुक्ति भइसकेपछि राज्यबाट कुनै पनि सेवा सुविधा नलिएको बताउनुभयो । सरकारले आश्वासन मात्र दिने गरेको छ । वीरेन्द्रनगर नगरपालिका–९, बरकुनास्थित मुक्त हलियाका लागि छुट्टै बस्ती छ । उक्त बस्तीमा नौ मुक्त हलिया परिवार बस्दै आएका छन् । उनीहरू विसं २०७३ सालदेखि उक्त बस्तीमा बस्दै आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)