सुन्तला बेचेर लाखौँको कमाई
ratopati.com · Fri Dec 15 17:31:00 GMT 2023
धनकुटा । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् ।
अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ । यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)