दर्ता नभएका जग्गा सरकारले लिनुपर्ने
deshsanchar.com · Sun Feb 04 17:23:17 GMT 2024
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दर्ता नभएका जग्गा सरकारको हुने बताएका छन्। भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले दर्ता नभएको जग्गा सरकारले लिनु पर्ने बताएका हुन्।
उनले खेलकुदमा राज्यले गरेको लगानी कहिल्यै खेर नजाने बताउदै खेलकुद स्वास्थ्यको महत्वपूर्ण आधार भएको र खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विचार व्यक्त गरे।शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि भैरहेको अवरोधलाई प्रतिगामी कदम भन्दै बिजुक्छेले यस्ता कार्यको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)