चुनौतीमाझ दासानायके
ekantipur.com · Sun Dec 12 01:31:29 GMT 2021
काठमाडौँ — ठीक अहिले नै जसरी पुबुदु दासानायकेले एक वर्षअघि पनि नेपालको क्रिकेट प्रशिक्षक बन्न आवेदन दिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को प्रशिक्षक छनोट समितिसँग अन्तर्वार्ताका क्रममा उनले विगतका घटनाक्रम आफ्नोतर्फबाट प्रस्ट्याउन खोज्दै थिए ।
धन्न, उनको अन्तर्वार्तासम्म लिने आँट क्यानले गरेको थियो । नत्र, उनको आवाज पनि नसुन्ने स्थितिमा क्यान पुगिसकेको थियो । दासानायके र क्यानको मतभेद विगतकै हो । उनलाई ल्याउँदा त्यही मतभेद निरन्तर रहन्छ भन्ने एउटा समूह क्यानमा थियो । ‘पुबुदुलाई ल्याएर फेरि अख्तियार जानु छैन’ भन्न समेत क्यान पदाधिकारीहरू पछाडि परेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)