चालिसेलाई उत्कृष्ट आईटी अवार्ड
gorkhapatraonline.com · Sun Jan 29 00:23:04 GMT 2023
काठमाडौँ, माघ १५ गते । गोरखापत्रका पेज डिजाइनर सुरेन्द्र चालिसेलाई उत्कृष्ट आईटी अवार्ड प्रदान गरिएको छ। क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको चौथो सन्देश इन्टरनेसनल सोसल अवार्ड वितरण समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले चालिसेलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।
समारोहमा चालिसेसहित अन्य ३८ जनालाई विभिन्न अवार्ड प्रदान गरिएको आयोजक क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले मलेसियामा रहेका सबै नेपालीको सुखदुःखमा दूतावास सधैँ साथमा रहेको बताउनुभयो। गैरकानुनी ढङ्गले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौँ नेपालीलाई उद्धार गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “नेपालबाट रोजगारीमा मलेसिया आउँदा सबै कुरा बुझेर मात्रै आउनुहोस्।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)