मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिता उल्लंघनप्रति सजगता अपनाउँदै आयोग

newsofnepal.com · Fri Mar 03 00:49:34 GMT 2023

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ ।

आयोगले आचारसंहितामार्फत सामाजिक सञ्जाल, युट्युबलगायत विविध माध्यमबाट कसैको चरित्र हत्या गर्ने, मानहानि गर्ने वा यस्तै प्रकृतिको सामग्री उत्पादन गर्न वा प्रकाशन प्रसारणमा रोक लगाएको छ । निर्वाचनको विश्वसनीयता, आयोग वा आयुक्तको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नपाइने भन्दै त्यसमा रोक लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)