मूल्यबृद्धिको विरोधमा भैरहवामा चक्काजाम, सडकमै चियापान
kendrabindu.com · Sat May 28 00:18:25 GMT 2022
मूल्यबृद्धिको विरोधमा भैरहवामा चक्काजाम गरिएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा चरम मूल्यबृद्धि भएको भन्दै विरोधस्वरुप चक्कजाम गरिएको हो।
अनेरास्ववियू, राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघको सिद्धार्थनगर नगरकमिटीले चक्कजाम गरेको हो । भैरहवाको मुख्य चोक बुद्ध चोकमा तीनै संस्थाले संयुक्तरुपमा साँझ ५ बजेदेखि साढे ६ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामले सिद्धार्थ राजमार्ग र भैरहवा तौलिहवा सडक केही समय अवरुद्ध रह्यो । नागरिकलाई सास्ती दिनु भन्दा पनि शान्तिपूर्ण रुपमा सरकारको विरोध स्वरुप बन्द चक्काजाम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)