मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग : टोटनहमलाई फुलहमको गम्भीर धक्का

ekantipur.com · Sun Mar 17 00:45:37 GMT 2024

लन्डन — टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लने अवसर गुमाएको छ । उसलाई गम्भीर धक्का दिँदै फुलहमले कार्भेन कटेजमा भएको खेलमा ३–० को जित निकाल्यो ।

त्यसमा मुनिज कारभाल्होले दुई गोल गरे । हारले टोटनहम ५३ अंकमा पाँचौं स्थानमा रह्यो । फुलहमको भने ३८ अंक भएको छ र १२ औं स्थानमा रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)