विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ
ajakoartha.com · Sun Jul 05 08:59:00 GMT 2026
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे। कप्तान रोहित पौडेलले टोलीको तयारी राम्रो भएको र विश्वकप छनोटका लागि बाँकी लिग–२ शृङ्खला निकै महत्वपूर्ण रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)