१० औं कान्तिपुर हाफ म्याराथन शनिबार बिहान
ekantipur.com · Fri Jun 03 17:13:22 GMT 2022
काठमाडौँ — ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण शनिबार (जेठ २१) हुने भएको छ । सिटी म्याराथनको अवधारणामा अगाडि बढाइएको कान्तिपुर हाफ म्याराथनको पछिल्लोपल्ट २०७६ जेठ ११ मा भएको थियो ।
महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजक कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनाएको छ । हाफ म्याराथनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा १ हजार ५ सयभन्दा बढीले नाम दर्ता गराएको केएमजीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)