जर्मनीकाे चर्चमा आक्रमण, एक गर्भवतीसहित सात जना मारिए
shilapatra.com · Sat Mar 11 00:11:00 GMT 2023
जर्मनीकाे ह्यामबर्ग शहरस्थित जेहाभाे भिटनेस मिटिङ हलमा आक्रमण हुँदा एक गर्भवतीसहित सात जना मारिएका छन् । बीबीसीका अनुसार, शुक्रबार एक जना आक्रमणकारीले गाेली चलाएका थिए । अन्तिममा उनले आफूलाई समेत गाेली हाने । आक्रमणकाे उद्देश्य अहिलेसम्म स्पष्ट भएकाे छैन ।
३५ वर्षीय आक्रमणकारीकाे नाम फिलिप हाे । खबरमा जनाइएअनुसार उनी क्रिश्चियन धर्म समुदायका थिए, जसकाे मनमा 'दुर्भावना' थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)